धनकुटा । मर्यादित व्यावसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ अगाडि बढेको बसुन्धारा महिला कृषि सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सभाको एक कार्याक्रमका साथ धनकुटा नगरपालिका वडा नम्वर ३का अध्यक्ष विकास घिमिरेले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
सभाको उद्घाटनका क्रममा बोल्नु हुदै यस सहकारीलाई आगामि दिनमा आफु पुन निर्वाचित भएर आएमा धनकुटा जिल्ला कै नमुना सहकारीका रूपमा स्थापित गर्ने वडा अध्यक्ष घिमिरेले प्रतिवद्दता जनाउनु भएको छ ।
आगामि दिनमा काम गर्दा कृषिलाई मध्यनजर गरि काम गर्नु पर्ने, सहकारीमा सहमति र सहकार्य आवश्यक भएको, सहकारिमा कम्तिमा सयजना शेयर धनी हुनु पर्नेलगायतको विषयमा अतिथिहरूले जानकारी गराउनु भएको संस्थाका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 
उक्त संस्थाले संस्थाको स्थापना कालदेखि नै महिलाहरूलाई सिपमुलक तालिम, कृषिमा लागेमा महिला दिदी बहिनिहरूकालागि कृषिकालागि श्रृण लगानि, विउविजन वितरण लगायतको काम गर्दै आएको छ ।
६४ जना शेयर सदस्य रहेको उक्त संस्थाको कुलपुजि करिव पाँच लाख बढि रहेको छ । यस संस्थाले समाजको विकासकालागि अग्रणि भुभिका खेल्दै आएको छ ।
विगतका दिनमा संस्थाले झेल्दै आएको कार्यालय सञ्चालको समस्या यतिबेला वडाको सहयोगले केही हदसम्म समाधान भएको बसुन्धरा महिला कृषि सहकारी संस्थाकि अध्यक्ष मन्जु कार्कीले बताउनु भयो । उहाँका अनुसार वडाको ७५ हजार बजेटले कार्यालय सञ्चालनका लागि दराज, टेवल कुर्सिलगायतका सामाग्रि खरिद गरेका छौं ।
यस संस्थाका अधिकांस महिला दिदिबहिनिहरू कृषि पेसामा सम्लग्न रहेका छन् । संस्थाको सहयोगले आफ्नो कृषि पेसामा शहज भएको संस्थाका शेयर सदस्य भगवती कार्कीले खुसि व्याक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष कार्कीको अध्यक्षता एवं वडा अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको उद्घाघाटन सत्रमा दुग्धसंस्था कागतेका उपाध्यक्ष एवं संस्थाका सल्लाहकार मिनबहादुर कार्की, गोपाल वाग्ले, भोला भण्डारी, कुल बहादुर कार्की, ज्येष्ठ नागरिक, जग्गादाता, पुर्वअध्यक्ष कमला पराजुलीलगायतको उपस्थिति रहेको थियो ।




















