इटहरी । इटहरी नगरवासीको सुविधालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले नेपाल रेडक्रस सोसाईटी इटहरीलाई एउटा एम्वुलेन्स उपलव्ध गराएको छ ।

   उपमहानगरपालिकाको तर्फका उपलव्ध गराइएको एम्वुलेन्सको चावी नगरप्रमुख द्धारिक लाल चौधरीले एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष विमल पौडेललाई हस्तान्तरण गरे ।

     नेपाल रेडक्रस सोसाइटी इटहरीले २०५०साल देखि एम्वुलेन्स सञ्चालन गर्दै आएको पछिल्लो समयमा इटहरी उपमहानगरपालिकाले एम्वुलेन्स उपलव्ध गराएपछि हाल रेडक्रससंग ३ एम्वुलेन्स र एउटा शव वाहान रहेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा रेडक्रस सभापति पौडेलले जानकारी दिए ।20220411_145527 उपमहानगरपालिकाले दुई वर्ष अघि नै रेडक्रसलाई एम्वुलेन्स उपलव्ध गराउने गरि ल्याएको भएपनि कोभिडका कारण सो एम्वुलेन्स उपमहानगरपालिकाले नै सञ्चालन गर्दै आएको अहिले रेडक्रसलाई हस्तान्तरण गरिएको वताइयो ।

  इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिक लाल चौधरीले रेडक्रसलाई एम्वुलेन्स उपलव्ध गराउने कार्य केही कारणले ढिलो भएको वताए । एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४का वडाध्यक्ष चन्द्र भट्टराई वडा नम्बर ६का दिपक गौतम ,वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्ट लगायतको उपस्थिती रहेको थियो ।