इटहरी । सामाजिक तथा राजनैतिक व्यक्तित्व उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई एक एम्वुलेन्स उपलव्ध गराएका छन ।  

     इटहरी तथा आसपासका क्षेत्रमा सामाजिक गतिविधिका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएका पौडेलले माता पाथिभरा लिला सेवा फाउण्डेशनको तर्फ नेपाल रेडक्रस सोसाइटी तरहरालाई एम्वुलेन्स उपलव्ध गराएका हुन  ।

    माता पाथिभरा लिला सेवा फाउण्डेशनका तर्फ उद्योगी व्यवसायी भिमबहादुर पौडेल उनका छोरा  विनोद पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई कर बाहेकको १८ लाख मुल्य बराबरको एम्वुलेन्स उपलव्ध गराए ।  IMG_0032 1IMG_0035

  एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तरहराका सभापति चन्द्रकुमार गिरीलाई प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना , माता पाथिभरा लिला सेवा फाउण्डेशनका भिमबहादुर पौडेलले र विनोद पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरे हुन । एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै माता पाथिभरा लिला सेवा फाउण्डेशनका भिमबहादुर पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई दुई वर्ष अघि नै एम्वुलेन्स उपलव्ध गराउने भनेको भएपनि कोभिड र अन्य कारणले समयमै एम्वुलेन्स ल्याउन नसकिएकाले ढिलो भएको जानकारी गराए ।IMG_0045 उनले आफु व्यापार व्यवसाय गर्ने मान्छे भएको र व्यापार व्यवसायबाट भएको आम्दानीको केही भाग सामाजिक कार्यमा खर्च गर्ने गरेको समेत वताए । एम्वुलेन्स उपलव्ध भएपछि तरहरा तथा आसपासका क्षेत्रका विरामीहरुलाई सहज रुपमा अस्पताल सम्म पुर्याउ सजिलो हुने भन्दै एम्वुलेन्स उपलव्ध गराउने पौडेल परिवारको नेपाल रेडक्रस सोसाईटी तरहराका सभापति गिरी लगायतले प्रशषां गरे । IMG_0009

  एम्वुलेन्स हस्तान्तरण गर्ने पौडेललाई पञ्चे बाजा सहित फूलमाला गरेर नगर परिक्रमा सहित अभिनन्दन गरियो । एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी अध्यक्ष उमेश थापा , इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणी राम श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेल , नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्रका  सभापति रविन घिमिरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।