इटहरी । नयाँ वर्ष २०७९को अवसर पारेर होटल व्यवसायी संघ इटहरीले शुभकामना आदान प्रदान तथा एक दिने अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रियात्मक कार्यक्रममा होटल व्यवसायलाई अझ बढी व्यवस्थित र मर्यादित वनाएर सञ्चालन गर्ने विषयमा सहभागीहरु विच छलफल समेत भएको थियो । त्यसै गरी पुर्व क्षेत्रमा पर्यटकीय गतिविधि वढाउने विषयमा समेत अन्तरक्रियामा सहभागी अतिथीहरु बक्ताहरुले बोलेका थिए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख शान्ती राम निरौला, इलाका प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्का , होटल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मणिन्द्र बहादुर कटुवाल , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल ,होटल व्यवसायी संघ इटहरीका महासचिव जयप्रसाद उपाध्याय लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
((




















