मोरङ । कृषि तथा पशुपक्षी मन्त्रालय अन्तरगत रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका तर्फबाट मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँच वटा कृषि समुहलाई बोयर जातका पाठी उपलव्ध गराइयो ।

   विश्वमै मासुका लागि राम्रो जात मानिएको बोयर जात र बोयरका क्रस उत्पादन गर्ने उद्धेश्यले कृषि समुहलाई पाठी उपलव्ध गराइएको हो ।

   सुन्दरहरैचा नगरपालिकाको साना कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रम अन्तरगत फलो अफ बाख्रा वितरण गरिएको सुन्दरहरैचा नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख जिवन कुमार चापागाईले जानकारी दिए ।

उनले विदेशमा राम्रो जात मानिएको र नेपालमा पनि परिक्षण भई रहेकाले बोयर जात र क्रस उत्पादन गरेर मासुको उत्पादन बढी बोयर जातका बाख्रा पालन गरेर किसानहरुले राम्रो आम्दान गर्न सकुन भनेर नगरपालिकाले अनुदानमा बाख्रा वितरण गर्दै आएको समेत वताए ।IMG_0205

   पशुपक्षी शाखाद्धारा गठित बाख्रा पकेट मुल समितिले नगरपालिकाका १२वटै वडा अन्तरगत रहेका बाख्रा पालन समुहलाई समावेश गरेर बाख्रा वितरण गर्दै आएको छ ।

बाख्रा वितरण कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङ कृषि समुहलाई पाठी वितरण गरे । नगरपालिकाको पचास प्रतिसत अनुदानमा  कृषि समुहलाई यस अघि पनि एक सय बाख्रा वितरण गरिएको जनाइएको छ । बाख्रा वितरणका लागि ७ लाख रुपैया नगरपालिकाले अनुदानमा उपलव्ध गराएको समेत सो अवसरमा बाख्रा पकेट मुल समिति सुन्दरहरैचाका अध्यक्ष एनकुमार गिरीले जानकारी गराए  ।IMG_0153

 कृषि तथा पशुपक्षी मन्त्रालय अन्तरगत रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका तर्फबाट मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँच वटा कृषि समुहलाई बोयर जातका पाठी उपलव्ध गराइयो ।

   विश्वमै मासुका लागि राम्रो जात मानिएको बोयर जात र बोयरका क्रस उत्पादन गर्ने उद्धेश्यले कृषि समुहलाई पाठी उपलव्ध गराइएको हो ।

   सुन्दरहरैचा नगरपालिकाको साना कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रम अन्तरगत फलो अफ बाख्रा वितरण गरिएको सुन्दरहरैचा नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख जिवन कुमार चापागाईले जानकारी दिए ।IMG_0167

उनले विदेशमा राम्रो जात मानिएको र नेपालमा पनि परिक्षण भई रहेकाले बोयर जात र क्रस उत्पादन गरेर मासुको उत्पादन बढी बोयर जातका बाख्रा पालन गरेर किसानहरुले राम्रो आम्दान गर्न सकुन भनेर नगरपालिकाले अनुदानमा बाख्रा वितरण गर्दै आएको समेत वताए ।

   पशुपक्षी शाखाद्धारा गठित बाख्रा पकेट मुल समितिले नगरपालिकाका १२वटै वडा अन्तरगत रहेका बाख्रा पालन समुहलाई समावेश गरेर बाख्रा वितरण गर्दै आएको छ ।

बाख्रा वितरण कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङ कृषि समुहलाई पाठी वितरण गरे । नगरपालिकाको पचास प्रतिसत अनुदानमा  कृषि समुहलाई यस अघि पनि एक सय बाख्रा वितरण गरिएको जनाइएको छ । बाख्रा वितरणका लागि ७ लाख रुपैया नगरपालिकाले अनुदानमा उपलव्ध गराएको समेत सो अवसरमा बाख्रा पकेट मुल समिति सुन्दरहरैचाका अध्यक्ष एनकुमार गिरीले जानकारी गराए  ।