इटहरी । प्राकृतिक ताल तथा घना जंगल सहितको सिमसार र कृतिम रुपमा आकर्षक वनाइएको प्रदेश नम्बर १ कै  एक प्रसिद्ध पर्यटकीय क्षेत्र तालतलैयाको पोखरीमा फैलिएको जलकुम्भी सफाई गरिएको छ ।

   तालतलैयाको एक आकर्षणको रुपमा रहेको ठुलो पोखरीमा फैलिएको जलकुम्भी सफाई गरिएको हो ।

तालतलैया क्षेत्रमा आउने पर्यटकहरुलाई आकर्षित गर्ने पुर्व तर्फ रहेको  पाँच हेक्टर क्षेत्रफलमा फैलिएको ठुलो पोखरीमा फैलिएको जलकुम्भी नेपाली सेना ,सशस्त्र प्रहरी , नेपाल प्रहरी , तालतलैया विकास तथा संरक्षण समिति लगायतका सहभागितामा पोखरी सफाई गरिएको तालतलैया तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले जानकारी दिए  ।

तालतलैया क्षेत्रमा रहेको पोखरी सफाई लगायतका कामहरु गरी तालतलैयामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने अन्य कामहरु गरिदै आएको पनि अध्यक्ष खनालले वताए ।IMG_1254

   दस जना सवार हुन मिल्ने मोटरवोट सञ्चालन समेत केही समय सञ्चालन गरिएको तालतलैया क्षेत्रमा रहेको सबै भन्दा ठुलो पोखरी सफाई गरेर पुन मोटरबोट सञ्चालनमा ल्याउन सके आम्दानीको स्रोत समेत वढ्ने तालतलैया तथा संरक्षण समितिका पुर्व अध्यक्ष बिर बहादुर लिम्बुले वताए ।

उनले पुर्व तर्फबाट जलकुम्भी झर्न नदिने गरी तारजाली लगाउने कार्य गरे जलकुम्भीबाट हुने समस्या हराउन सकिने विश्वास व्यक्त गरे ।

  इटहरी उपमहानगरपालिका वडा नम्वर  २ र ३ को संगम स्थलमा रहेको तालतलैयामा विश्वप्रसिद्ध कलाकारहरुले ढुंगा कुँदेर वनाएका मुर्तिहरु , बाल उद्यान , मिनी चिडियाखाना समेत रहेका छन । त्यसै गरी सो क्षेत्रको सिमसारमा धेरै प्रजातिका रैथाने र आगन्तुक चराहरु समेत आउने गरेका कारण समेत आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा विकसित हुँदै आएको छ । 


((