धनकुटा । आधुनिक प्रविधिबाट कफि खेती गरेर राम्रो आम्दानी लिन सकिने तर्फ मध्यनजर गर्दै कफी विस्तारमा सहयोग पुर्याउने उद्धेश्यले धनुकटामा  स्थानीय तहका कृषि प्राविधिकहरुको लागि सञ्चालन गरिएको  कफी खेती तालिम समापन भएको छ ।

   राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना हिलेको आयोजनाले आयोजना गरेको चार दिवसिय तालिम समापन भएको हो ।IMG20220407105836

  कफी खेतीका लागि उपयुक्त संखुवासभा ,भोजपुर, खोटाङ,धनकुटा ,ताप्लेजुग र इलाम  जिल्लाका २७ जना कृषि प्राविधिकहरुको सहभागिता रहेको तालिममा कफी खेतीको सम्भावना देखि लिएर बेर्ना तयार पाने देखि राम्रो उत्पादन लिनका लागि खाध्यत्व व्यवस्थापनका साथै उत्पादन सम्मका विषयमा सहजिकरण गरिएको थियो । 277852138_1130632757512374_8375110373739388013_nत्यसै गरी कफी खेती लगाइएको स्थानमा अदुवा ,साग ,दाल समेत लगाउन सकिने विषयमा राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कृषि विकास अधिकृत चन्द्रप्रकाश पुरी र चिया विस्तार योजना हिलेका कृषि  प्राविधिक नवीन कोईरालाले सहजिकरण गरेका थिए ।