इटहरी । प्रदेश नम्बर १ को इटहरीमा रहेर अढाई दशक अघि देखि पत्रकारिताका साथै सामाजिक गतिविधिमा क्रियाशिल बरिष्ठ पत्रकार सचिन पोखरेल गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही चैत्र २२ गतेको निणर्यले पोखरेललाई गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो ।
बिगत लामो समय देखि पत्रकारिता गर्दै आएका पोखरेल २०५५ माघ २१ गते देखि गोरखापत्र दैनिकको स्थानीय समाचारदाताका रुपमा कार्यरत रहदै आएर हाल गोरखापत्र दैनिकको प्रदेश नम्बर १को संयोजक समेत जिम्मेवारीमा रहेका छन ।
एभिन्युज खबरका प्रदेश नम्बर १का ब्युरो प्रमुख समेत रहेका पोखरेलले गोरखा दक्षिणवाहु ,प्रवल जनसेवा श्री , प्रधान सेनापति प्रषंशा पदक लगायतका दुई दर्जन भन्दा बढी पदक र सम्मान प्राप्त गरि सकेका छन ।
सामजसेवाका क्षेत्रमा समेत सक्रिय रहदै आएका पोखरेल नेपाली सेनाको प्राविधिक सहयोगमा सुनसरीको इटहरीमा सञ्चालन हुदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रका सचिव सहित विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक गतिविधिमा समेत सक्रिय रहदै आएका छन ।




















