इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर विश्व स्वास्थ्य दिवसको अवसर पारेर सुनसरीको इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
प्रदेश नम्बर १मै सबै भन्दा वढी रक्तदान कार्यक्रमहरु आयोजना हुने स्थानका रुपमा इटहरीले परिचय बनाएको भएपनि पछिल्लो समयमा कम हुन थालेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
इटहरीको विपी चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ जना महिला पुरुषले रक्तदान गरे ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानमा संकलन हुने रगत मध्ये केही समय अघि सम्म इटहरीले मात्र ४० प्रतिशत हिस्सा ओगट्दै आएका थियो ।
पछिल्लो समय इटहरीमा समेत रक्तदान कार्यक्रमहरु कम हुने थालेकाले इटहरी जेसिजले रक्तदान कार्यक्रमको आयोजना गरेको तथा अन्य संघ सस्थाहरुलाई समेत रक्तदान गर्न इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले आग्रह गरे ।
नेपाल रेडक्रस सोसाईटी इटहरीका सभापति विमल पौडेलको प्रमुअ आथ्यिमा भएको रक्तदान कार्यक्रममा इटहरी जेसिजका पुर्व अध्यक्षहरु कमलेश शर्मा पौडेल , गोकुल थापा, माधव भट्टराई र निर्वतमान अध्यक्ष प्रकास राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















