इटहरी । साना होटल तथा लज व्यवसायलाई अझ वढी व्यवस्थित र मर्यादित वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा प्रदेश नम्बर १ स्तरिय दुई दिने तालिम सुरु भएको छ ।

  नेपाल पर्यटन बोड ,होटल व्यवसायी महासंघ तथा होटल व्यवसायी महासंघ प्रदेश नम्वर १को आयोजनामा इटहरीको होटल इनटुरिष्ट प्यालेसमा साना होटल तथा व्यवसाय सम्वन्धी २ दिने तालिम सुरु भएको हो ।

   होटल व्यवसायी महासंघ प्रदेश नम्बर १का अध्यक्ष राजन दंगालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा सुरु भएको तालिमा प्रदेश नम्बर १का विभिन्न जिल्लाका ३० जना साना होटल तथा लज सञ्चालकहरुको सहभागिता रहेको छ । IMG_0065तालिममा होटल तथा लज सञ्चालन गर्दा व्यवसायीहरुले अपनाउनु पर्ने विधि लगायतका विषयमा प्रेम लिम्वु , अनिमेश बास्तोला र गगनमान श्रेष्ठले सहजिकरण गर्ने जानकारी गराइयो ।

 होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको संयोजकत्वमा सुरु भएको तालिमको उद्घाटन सत्रमा आन्तरिक पर्यटन पुनरोत्थान समिति प्रदेश नम्बर १का संयोजक भबिष श्रेष्ठ , होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मणिन्द्र बहादुर कटुवाल होटल व्यवसायी महासंघ प्रदेश नम्बर १का महासचिव बासुदेव वराल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।