इटहरी । सारुख खान युनिभर्स नेपालको ७औं वार्षिक उत्सवको अवसर पारेर सुनसरीको इटहरीमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन ।

  फेसबुक युजरहरुको समुह इटहरी रकसको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २९ जना महिला पुरुषले रक्तदान गरेका हुन ।20220406_091849

    आयोजक सारुख खान युनिभर्स नेपालका अध्यक्ष सरोज विश्वकर्माले ७औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको वताए । उनले वाढीको समयमा पनि आफुहरुले विभिन्न किसिमले सामाजिक कार्य गरेको समेत जानकारी गराए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । 


((