इटहरी । आर्युवेदिक उपचार पद्धती प्रति दिनप्रतिदिन मानिसहरुको आकर्षण बढ्न थालेसंगै आर्युवेदिक औषधालयहरु खुल्ने क्रम पनि पुर्वी नेपालमा बढ्न थालेको छ ।

   पछिल्लो समयमा सुनसरीको इटहरीमा साई पाथिभरा आर्युवेदिक औषधालय सञ्चालनमा आएको छ ।

  आर्युवेदिक उपचारमा लामो समय देखि सक्रिय रहदै आएका कविराज दिपक भुजेल र बैद्य मनमाया रोका बस्नेतले विराटनगर लाईनमा सञ्जालनमा ल्याएको औषधालयको जिल्ला आर्युवेद स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सञ्जीव कुमार यादवले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन ।20220406_114621

  औषधालयको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले कोरोना महामारीको समय देखि मानिसहरुमा आयुर्वेद उपचार तर्फ विस्वास बढे संगै अझ आकर्षित हुन थालेकोे वताए । 

औषधालय सञ्चालक भुजेलले मानिसहरुको आयुर्वेद उपचार पद्धती प्रतिको मानिसहरुमा आकर्षण तथा विस्वासलाई मध्यनजर गर्दै े विभिन्न सेवा दिने बताए ।

सुनसरीको इटहरीमा मात्र एक दर्जन बढी आयुर्वेदिक औषधालयहरु सञ्चालनमा रहेका छन ।