धनकुटा । नेपाल सरकार राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा कफि प्राविधिकहरुलाई चारदिने प्राविधिक तालिम धनकुटामा सुरु  । 

तीनतहकै सरकारले स्थानीय तहमा कफिलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने हो भने कफिबाटै बेरोजगार हटाउन सकिने छ । सोमबारबाट शुरु भएको उक्त तालिमको उद्घाटनका क्रममा राष्ट्रिय चिया तथा कफि विकास बोर्डका उपनिर्देशक डाक्टर लक्ष्मण पोखरेलले यस्तो बताउनु भएको हो ।

उपनिर्देशक पोखरेलले यतिवेला कच्चा फेस चेरी प्रतिकेजि करिव ९० रुपैयाँमा विक्रि गर्न सकिने र राम्रो नर्सरीमा भएको प्रति विरुवालाई कम्तिमा ३० रुपैयाँमा बेच्न सकिने जानकारी दिनुभयो ।277705599_825644728393079_5037926515814467201_n

उहाँका अनुसार नेपालको झण्डै ४७ वटा जिल्लामा करिब पेसेवार रुपमा अर्गानिक अराविका कफिको प्लान्टेसन गर्न सकिने अवस्था भएकाले संमृद्ध नेपाल, सुखि र खुसि नेपाली बनाउन, नेपाल मै रोजगारीको सृजना गराएर अत्याधिक व्यावसायिक रुपमा कफि खेतीको उत्पादन बढाउन सके वेरोजगार हटाउन सकिने छ ।

 सबै स्थानीय, प्रदेश र संघिय सरकारमा कफिलाई पहाडि जिल्लामा अर्गानिक कफि, अराविका कफि पुर्वदेखि पश्चिम सम्म, मेचिदेखि महाकालिसम्म प्लान्टेसन गरेर जाने हो भने ह्युमन रिर्सोस, फाईन्नसियल रिर्सोस, टेक्निसियल रिर्सोस, ईन्फरमेसन रिर्सोसहरु छुट्याएर सबै सरोकारवालाहरु विचमा हार्दिकता सहित कफिका क्रियाकलापहरु सञ्चालन गर्ने हो भने कफिले साच्चै संमृद्ध नेपाल र सुखि, खुसि नेपालीको अभियानलाई पुरा गर्ने उपनिर्देशक पोखरेलले जानकारी दिनुभयो । 277704220_304802441784277_9169474794569742813_n

उपनिर्देशक पोखरेलका अनुसार अत्याधिक रहेको व्यापार घाटालाई कम गर्नका निमित्त कफि खेती कोसे ढुङ्गाको रुपमा सावित हुन सक्छ । विदेसिएका युवाहरुलाई नेपाल मै रोक्न र नेपाल मै डलर कमाउनका लागि खाडि मुलुकमा गएर आफ्नो श्रम बेच्न विवस युवाहरुलाई  रोजगारी मुलक क्रियाकलापका निमित्त कफि खेतीले कोसेढुङ्गाको रुपमा काम गर्न सक्दछ ।

करिब ३२ हजार किसानहरु सम्लग्न रहेता पनि पेसेवर तरिकाले लगानी गरेर धेरै लगानी कर्ताहरु कफिमा नओरलेको स्थिति छ । करिब १२ लाख हेक्टरमा कफि प्लान्टेसन गर्न सकिन्छ । नेपालमा करिब ६५ हजारमा हेक्टर क्षेत्रफलमा उच्च स्तरको कफि उत्पादन र प्लान्टेसन गर्न सकिने स्थिसत भएता पनि करिब २८ सय हेक्टरमा मात्र कफि खेती प्लान्टेसन गरिएको छ । 277718565_661478675076886_7820843487493406307_n

नेपालमा माघ र खपत अत्याधिक माग रहेको छ । नेपालको कफि अर्गानिक र अराविका उच्च गुणस्तरको कफि भएका कारणले विश्व वजारमा अत्याधिक महङ्गो मुल्यमा बिक्री हुन सक्ने, माग अनुसारको सप्लाई गर्न सकिएको छैन । 

कफिका पारखि, सरोकारवाला, नेपाल सरकार, व्यावसायी, उद्योगि सबै सरोकारवालाहरुसँग हार्दिकताका साथ अगाडि बढ्ने हो भने कफि खेतीको विस्तार मार्फत सम्पुर्ण तपाई हाम्रो जिविकोपार्जन गर्न सक्ने र व्यावसायिक तरिकाले अगाििड बढ्न सक्ने गरि राज्यलाई नै कन्ट्रिव्युसन गर्न सक्ने स्थितिमा कफि खेती रहेको डाक्टर पोखरेलले जानकारी दिनुभयो । 

राष्ट्रिय चिया तथा कफि विकास बोर्डका उप निर्देशक डाक्टर लक्ष्मण पोखरेलको अध्यक्षता एवं पाख्रिबास नगरपालिकाका मेयर बिर्ख बहादुर राईको प्रमुख आतिथ्यतामा भएको तालिममा ६ जिल्लाका २७ जना प्राविधिकहरु लाई चिया विस्तार योजनाका प्राविधिक नविन कोईराला,वोर्डका कृषी विकास अधिकृत चन्द्र प्रकास पुरीले सहजिकरण गर्नू भएको तालिममा संखुवासभा, भोजपुर, धनकुटा, ताप्लेजुङ्ग र खोटाङ लगायतको प्राविधिकहरुको सहभागिता रहेको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना हिलेका प्रमुख विजय कुमार मिश्रले जानकारी दिनुभयो ।