इटहरी । केपी ओली नेतृत्वको नेकपा एमालेको चुनाव चिन्ह्रमा ग्रहण लागि सकेको बताए  । 

सोमबार सुनसरीको इटहरीमा पाटीको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको सूर्यमा ग्रहण लागेकाले अब ग्रहण लागेको सूर्यको काम नरहेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटि समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले स्थानीय निर्वाचनमा एमालेको लाल किल्ला तोडने उदघोष गरेका छन ।

कार्यक्रममा  सम्बोधन गर्दै समाजवादीका अध्यक्ष नेपालले नेकपा एमाले ज्यादै पुरानो र थोत्रो पाटी भएको र त्यसको नेतृत्व गर्ने ब्याक्तीको कारण नेपालमा नयाँ पाटीको जन्म भएको बताए । IMG_2271

केपी ओली नेतृत्वको नेकपा एमालेको चुनाव चिन्ह्रमा ग्रहण लागि सकेको बताएका छन् । सोमबार सुनसरीको इटहरीमा पार्टीको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको सूर्यमा ग्रहण लागेकाले अब ग्रहण लागेको सूर्यको काम नरहेको बताएका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाटी भित्र दम्भ देखाएपछि नेपालमा कलम चिन्ह सहितको समाजवादीको जन्म भएको अध्यक्ष नेपालको भनाइ छ ।IMG_2309

स्थानीय निर्वाचनमा ओलीको अहंकार तोडनकै निमित्त समाजवादी लालकिल्लाहरूमा कलम चिन्ह लिएर खडाभएको पनि उनले बताए ।

त्यस्तै पार्टीका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले सबैलाई धनि र सुखी बनाउन एकीकृत समाजवादी मात्रै रहेको बताउदै यस पटक पार्टीलाई जिताउन आग्रह गरे ।

प्रदेश १ अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि धेरैले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।