इटहरी । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९५वर्षिय इन्द्रप्रसाद कोइराला सहित ६१ जना लाई सम्मान गरेको छ ।

    राष्ट्रिय सहकारी दिवसको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको महिला बचत तथा ऋण सहकारीले यस पटक आप्mना जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अनुसार ८३ वर्षिय यमादेवी खनाल, ७० वर्षिय कृष्ण कुमारी दर्जी ,७२ वर्षिय ईन्द्रकान्त झा,७१ वर्षिय शिवनारायण चौधरी लगायत इटहरीका ३७ जना र पकली शाखा अन्तरगतका २४ जना गरी कुल ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो ।IMG_2237

   महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा.गिता अधिकारीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने जेष्ठ सदस्यहरुलाई छाता र प्रमाण पत्रले सम्मान गरिएको सहकारीकी निमित्त कार्यकारी अधिकृत जुनुशा पुरीले जानकारी दिइन  । IMG_2231

 अधिकाँस महिला सदस्य रहेको महिला बचत तथा ऋण सहकारी प्रदेश नम्बर १मै नाम चलेको सहकारी संस्था मध्येमा पर्दछ ।