मोरङको उर्लाबारी वडा नम्वर २ का अध्यक्ष कुमार कडेल, ३ का अध्यक्ष गञ्जबहादुर कार्कीले र ७ का अध्यक्ष बीरवल थापाले प्रयोग गर्दै आएको नगरपालिकाको स्कुटर फिर्ता गरेका छन् ।

आइतबार उनीहरुले को १ झ १३०९ र को १ झ १९७० नम्वरको स्कुटरको र प्र १-०२- ००१ ब. २९६१ नम्वरको मोटरसाइकलको साचो नगरपालिकालाई बुझाएका हुन् । 

स्कुटर बुझाउदै उनिहरुले भने-“गत चैत १६ गते उर्लाबारी नगरपालीका कार्यपालिकाको बैठक बसेपनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमाले बाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारी सहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरु नमानेपछि निणर्य नहुदा विकास निर्माणका कार्यगर्न रोकियो, विकास गर्छौ भनेर स्थानिय जनताको करबाट स्कुटर चढेका थियौ अव योजना अघि बढाउन नसक्ने भएपछि स्कुटर चढ्न नैतिक रुपमा अपठ्यारो पर्‍यो त्यसैले फिर्ता गर्‍यौँ ।” साथै उनिहरुले बाकी रहेको सेवा सुविधापनी नलिने बताए । 

वडा नम्वर १, ५ र ६ का जनप्रतिनिधीले सवारी साधन लिएका छैनन् भने उपमेयर सहित वडा नम्वर-४, ८ र ९ का नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधी तटस्थ नै छन् ।

यस अघि शनिवार मात्रै नगरपालिका प्रमुख खड्ग बहादुर फागोले सरकारी गाडी फिर्ता र चैत र बैशाखको सरकारी सुविधा नलिने बताएका थिए ।

कार्यपालिका बैठकबाट उपमेयर लक्ष्मीदेवी भण्डारी सहित नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधीको अवरोधका कारण विकास योजना अघि बढाउन नसकेकाले नैतिक रुपमा अपठ्यारो परेको भन्दै गाडी फिर्ता गरेको उनको भनाइ छ ।

गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसेपनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमाले बाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारी सहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरु नमानेपछि निणर्य नहुदा नगरपालिका अनिणर्यको बन्दी बनेको छ ।

‘विभिन्न कार्यविधि निर्माणका साथै प्रत्येक वडामा ३० लाखका दरले सडक कालोपत्रे साथै अन्य विविध गरी ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन प्रस्ताव पेश भएपनि उनिहरुले अवरोध सृजना गरेपछि सवै काम अलपत्र परेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा उनले काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई पनि मोटरसाइकल फिर्ता गर्न आग्रह गरका थिए । 

नगरपालिकाको खर्चमा मेयरले मुद्दा लडेको भन्ने उपप्रमुखको आरोपको विषयमा फागोले भने, ‘पाँच वर्षको कार्यकालमा ३६ वटा मुद्दा परेको छ । प्रायः मुद्दामा नगरपालिका प्रतिवादी छ । केहीमा वडाध्यक्ष प्रतिवादी छन् । ती सबै मुद्दा लड्दा नगरपालिकाको कोषबाट १ लाख ७० हजार रुपैयाँ खर्च भएको र त्यसमा फरक परे आफु कानुन बमोजिम दण्डीत हुन तयार रहेको बताए ।

उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आफूमाथि मिथ्या आरोप लगाएको बताउँदै उनले उक्त अरोपको खण्डन गरे । जनप्रतिनिधि आएपछि २५ कार्यविधि, १८ वटा ऐन, ६ वटा नियमावली, ४ वटा निर्देशिका र १ वटा आचारसंहिता बनाएको बताउँदै उनले थप कार्यविधि बनाउन खोज्दा एमालेका जनप्रतिनिधिले रोकेको बताए ।

उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले अन्तिम कार्यपालिका बैठकले पास गर्ने ऐन, कार्यविधि, विकास निर्माणका काम चुनाव प्रभावित हुने भन्दै रोकेका थिए ।

कार्यपालिका बैठक बस्न नसक्दा प्रदेश समपुरक कोषबाट ०७९।०८० मा आउने तीन करोड समपुरक अनुदान अब नआउने भएको छ ।

अर्को प्रसंगमा मेयर फागोले पाँच वर्षअघि निर्वाचनताका आफूले व्यक्त गरेका ९१ बुँदे प्रतिवद्धतामध्ये ५४ वटा पुरा गरेको बताउदै प्रतिवद्धतामा उल्लेख नभएको “उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी” अभियान चलाएर उर्लाबारीको पुर्वपश्चिम राजमार्गमा र अन्य शाखा सडकहरुमा सडक बत्ति जडान सहित अन्य विकास निर्माणको कार्य गरेको उनको भनाई छ ।