धनकुटा । एमसिसि परियोजनाले गरिबि घटाउने, रोजगारी बढाउने नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री खाँडले बताएका छन ।

  नेपाली काँग्रेसको घर घर जाऔं काँग्रेस जिताऔं अभियान अन्तरगत नेपाली काँग्रेस धनकुटाले आयोजना गरेको आम सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका कार्यवाहक प्रधानमन्त्री खाँडले विपक्षीहरुले एमसिसि परियोजनाका विषयमा भ्रम फैलाइरहेको आरोप लगायका हुन  ।IMG20220402153345

काँग्रेसका प्रभावशाली नेता खाँडले नेपाली कांगे्रस कमजोर भएमा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए देश कम्जोर हुने वताए । लोकतन्त्र कम्जोर भए स्वतन्त्र पत्रकारिता,  उद्योग व्यवसायलाई समेत  गम्भिर प्रभाव पार्ने हुदाँ लोकतन्त्रलाई कम्जोर हुन नदिन काँग्रेसलाई जिताउन घर घर जान नेता कार्यकर्तालाई खाँडले आग्रह गरे ।

   नेपाली कांग्रेस धनकुटाका सभापति दिनेस राईको अध्यक्षतामा भएको आमसभाको प्रमुख अतिथी खाँडले कुनै पनि दलका सभा सम्मेलन विथोल्ने थाले काम गर्नेलाई कानुन अनुसार कारवाही गरिने समेत वताए । उक्त कार्यक्रममा पुर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल बहादुर थापा, पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य सिता गुरुङ्ग, संविधान सभा सदस्य रामहरी खतिवडा लगायतको उपस्थिति रहेको थियो ।