इटहरी । सहकारीहरुको छाता संगठन , जिल्ला सहकारी संघ नगर समन्वय समिति इटहरीको आयोजना र इटहरी उपमहानगरको सहआयोजनामा आइतबार ६५ औ राष्ट्रिय सहकारी दिवशको अवसर पारेर इटहरीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी क्षेत्रमा १५८ वटा सहकारीहरु सञ्चालन हुदै आएका मध्ये प्रतिनिधिमुलक सहभागिता रहेको प्रभातफेरीमा किसान कल्याण बचत तथा ऋण सहकारी सस्था,अविरल बचत तथा ऋण सहकारी सस्था,महिला बचत तथा ऋण सहकारी सस्था,सिटी बचत तथा ऋण सहकारी सस्था सानिमा बचत तथा ऋण सहकारी सस्था लगायत एक दर्जन बढी सहकारी संस्थाका सञ्चालक, अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको नगर समन्वय समितिका सचिव जितेन्द्र बस्नेतले जानकारी दिए ।
इटहरी उपमहानगर पवलिकाकोे प्रांगणबाट सुरु भएको नौमती बाजा सहित प्रभातफेरीले बिभिन्न चोक र मुख्य बजार क्षेत्र परिक्रमा गरि पुनःनगरपालिकाकै प्रांगणमा कोणसभा गरि समापन गरिएको छ ।
समापन र्कायक्रममा प्रमुख अतिथी उपमहानगर पवलकिाका मेयर द्धारिकलाल चौधरी , जिल्ला सहकारी संघ नगर समन्वय समिति इटहरीका अध्यक्ष भोलाकाजी बस्नेतको सभापतत्विमा सम्पन्न भएको थियो । 
सोहि कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ तथा सहकारी बैंकका सञ्चालक अमृता सुब्बा , सहकारी महासंघका लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठ , राष्ट्रिय सहकारी महासंघका सञ्चालक शिव डाँगी लगायतको सहभागिता रहेको थियो ।




















