मोरङ । मोरङको लेटाङमा रहेको सामुदायिक विकास मञ्च सिडिएफ नेपालले आगामी दिनमा सञ्चालन गर्ने विकासका लागि साझेदारी परियोजनाका विषयमा सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
लेटाङ नगरपालिकाको वडा नम्बर ३,४,५ र ६मा सञ्चालन गर्न लागेको विषयमा अभिमुखिकरण कार्यक्रममा जानकारी गराइएको हो ।
सिडिएफ नेपालका अध्यक्ष रामचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा शान्तिका लागि अन्तरधार्मिक कार्यक्रम र विकासका लागि साझेदारी परियोजनाका विषयमा कार्यक्रम संयोजक नरबहादुर लिम्वुले सहजिकरण गरेका थिए ।
ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास सञ्जाल ललितपुरको प्राविधिक सहयोग रहेने कार्यक्रम आगामी २०२२ डिसेम्बर सम्मका लागि १७लाख ९६ हजार २ सय रुपैयाको लागत रहने समेत अभिमुखिकरण कार्यक्रममा सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।
सिडिएफ नेपालले विगतमा शान्ति स्थापनाका लागि अन्तरधार्मिक सञ्जाल निर्माण,जिविकोपार्जन कार्यक्रम देखि लिएर विभिन्न सामाजिक कार्य समेत गर्दै आएको सिडिएफ नेपाल सावित्रा सिवाकोटीले जानकारी दिइन ।
कार्यक्रममा नागरिक समाज ,विभिन्न संघसंस्था पदाधिकारी प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।




















