मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको सफल सिद्धार्थ एकेडेमीले आफनो २९औं अभिभावक दिवस तथा प्रर्दशनी एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

    एकेडेमीका सञ्चालक कमल प्रसाद तिमलसिनाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङको प्रमुख आतिथ्यमा अभिभावक दिवस मनाइएको हो ।IMG_1944

   कक्षा नर्सरी देखि १० सम्मको पठन पाठन हुने एकेडेमीको अभिभावक दिवसको अवसरमा विद्यार्थीले वनाएका विज्ञान तथा अन्य विषयका सामाग्रीहरु प्रर्दशनीमा राखेका थिए ।IMG_1938 ४सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयलको  स्थापना देखि हाल सम्मको अवस्थाका विषयमा कमल तिमलसिनाले जानकारी गराएका थिए ।IMG_1951 कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीेले नृत्य लगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गानाईजेशन प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की ,सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राम रिजाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।