इनरुवा । स्थानीय तहको निर्वाचनको मिति जति जति नजिकी रहेको छ त्यती त्यती नै राजनैतिक दलहरुले वडा तह देखिनै स्थानीय स्तरमा पनि राजनैतिक कार्यक्रमहरुलाई तिव्रता दिदै आएका छन ।
यही क्रममा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ५मा नेपाली काग्रेसले निर्वाचन केन्द्री पार्टी कार्यकर्ता लक्षित भेलाको आयोजना गरेको छ ।
पार्टीका वडा सभापति रामनारायण चौधरीको अध्यक्षता तथा जिल्ला सभापति केदार भण्डारीको प्रमुख आतिथ्यमा नेपाली काँग्रेसले इनरुवा वडा नम्बर ५को भेला आयोजना गरेको हो ।
घर घर जाऔं काँग्रेस जिताऔं अभियान केन्द्रीत भेलामा वडा देखि लिएर नगरको राजनैतिक अवस्थाका विषयमा सहभागीहरुले चर्चा गरेका थिए । कार्यक्रमका सहभागी वक्ताहरुले काग्रेसको जितका लागि पार्टीका नेता कार्यकर्ताहरु एक जुट भएर निर्वाचन केन्द्र हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला पार्टी सभापति भण्डारीले स्थानीय नेता कार्यकर्ताहरुलाई नेपाली काँग्रेसले मुलुकको ऐतिहासिक परिवर्तनमा खेलेको भुमिका र एमसीसीका विषयमा फैलाइएका हल्लाहरुका विषयमा मतदाताहरुलाई जानकारी गराउदै चुनावी अभियानमा जुट आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्वर २का संघिय सांसद सिताराम मेहता , इनरुवा नगरपालिकाका मेयर तथा काग्रेस नगर सभापती राजन मेहता,
जिल्ला सचिव विरेन्द्रकुमार शाह लगायतका वक्ताहरुले वोलेका थिए ।




















