इटहरी । कृषि उत्पादन भण्डारण र बजारिकरणका विषयमा केन्द्रीत भएर नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत रहेको कृषि अद्यम केन्द्रको आयोजनामा दुई दिवसिय  प्रदेश नम्बर १ नम्बर स्तरिय अभिमुखिकरण गोष्ठी शुरु भएको छ ।

   सुनसरीको इटहरीमा कृषि उद्यमशिलतामा जोड दिदै आयोजित गोष्ठीमा कृषिजन्य उत्पादन , व्यवसायीकरणमा जोड दिदै  सिकाई ,छलफल र योजना केन्द्रीत गोष्ठी आयोजना गरिएको हो ।277335436_697565088346196_3921679332242732497_n

   कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमार्गीको  अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १का अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यमा गोष्ठी सुरु भएको हो ।

गोष्ठीमा प्रदेस नम्बरका १४ जिल्लाका नेपाल उद्योग वाणिज्य महासंघ आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।277361476_1021820011778815_1476716687053370889_n

विहीवार सम्म चल्ने गोष्ठीको उदघाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १का उपाध्यक्षद्धय  भिमबहादुर पौडेल, राजेन्द्र राउत लागयतका अतिथीहरुको सहभागिता रहेको इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्रकुमार शाहले जानकारी दिए ।