इटहरी । नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रभातफेरीको आयोजना गरियो ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा इटहरी उपमहानगरपालिका अगाडीवाट निकालिएरको प्रभातफेरी मुख्य चौकमा आएर कोणसभा परिणत भएको थियो ।
प्रभातफेरीपछि महासंघका सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईको अध्यक्षतामा आयोजित कोण सभामा बोल्दै महासंघ सुनसरीका पुर्व अध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले पत्रकारहरु आवद्ध विभिन्न संघहरुलाई समेटेर महासंघ वनाउन सुनसरीका पत्रकारहरुको भुमिका महत्वपुण रहेको वताए ।
विभिन्न संघमा आवद्ध पत्रकारहरुको धरानमा भएको भेलाले नेपाल पत्रकार महासंघ वनाएको सुब्बाले स्मरण गरेका हुन ।
प्रभातफेरी तथा कोणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय अमर खड्का ,इकवाल अहमद प्रदेस नम्बर १ सचिव देवेन्द्र कार्की , सुनसरी शाखाका पुर्व अध्यक्षहरु कृष्ण अधिकारी , कृष्ण विनोद लम्सालका साथै जिल्लाका धरान,इटहरी , इनरुवा लगायतका क्षेत्रका पत्रकारहरुको सहभागिता रहेको थियो ।




















