उर्लाबारी ।  मोरङको उर्लाबारी नगरपालिकाकाको ६५ औ कार्यपालिका बैठक रोकिएको छ ।

सोमबार विहान ८ बजेका लागि बोलाइएको नगर कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यको गणपुरक संख्या अपुग भएपछि बैठक स्थगित भएको नगरपालिका स्रोतले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधीहरुको समय सिमा सकिनै लाग्दा स्थानिय जनसरोकारका विविध विषयलाई कार्यपालिका बैठकले पारीत गर्नुपर्ने अन्तिम बैठक थियो ।

तर नगर उप-प्रमुख सहितको जनप्रतिनिधिको एउटा टोली बैठकमै उपस्थित नभई आन्तरिक छलफल पछि नगरपालिका बाट बाहिरिएपछि बैठ्क एक दिनका लागि स्थगित भएको जनाइएको छ । 

आन्तरिक छलफल पश्चात बाहिरीने क्रममा वडा नम्वर ८ का वडाअध्यक्ष कुलबहादुर कार्कीले कार्यपाालिका बैठकमा सवै जनाको उपस्थिती भएतापनि नगरप्रमुख नआएको र आफ्नो चुनावी कार्यक्रम भएको भन्दै हिडेका थिए ।

त्यस लगतै नगर उपप्रमुख लक्ष्मिदेवी भण्डारी, वडा नम्वर ४ का वडाध्यक्ष लक्ष्मी नाराएण धिमाल लगाएत अन्य कार्यपालिका सदस्य पनि बाहिरीएको स्रोतले बतायो ।

यता समयमा नगरकार्यपालिका बैठक बस्न किन सकेन भन्ने जिज्ञासमा नगरप्रमुख फागोले विहान ८ बजेका लागि कार्यपालिका बैठक बोलाइएको भएतापनि खुट्टाको समस्याका कारण डे्रसिङ गरेर आउनु पर्ने भएपछि कारण केही ढिलो हुन गएको बताए ।

उनले भने-“केही समय अगाडी मोटरसाइकल दुर्घटनमा परेर खुट्टामा चोट लागेको छ डे्रसिङ गर्नुपर्ने थियो त्यसकारण मैले उप-प्रमुखलाई बैठक सञ्चालन गर्दै गर्नु म केही समय आइहाल्छु भनेर फोन गर्दागर्दै पनि उहाहरु बैठकमै सहभागी नभई हिड्नु भयो, म घाउको ड्रेसीङ सकेर ९ः२० मा कार्यालय आइपुगेको थिए।”received_699587737903237

कार्यपालिका सचालनका लागि उहाँहरुको अनुउपस्थितीमा गणपुरक संख्या अपुग भएका कारण भोली मंगलबार अपह्रान्न् ४ वजे बैठक बस्ने तय भएको नगर प्रमुख खड्ग फागोले बताए ।

यस्ता थिए कार्यपालिका बैठकमा पेश हुने बुँदाहरु

-कानुन मसौदा निर्देशिका सम्वधमा ।

-नगर खेलकुद कार्यविधि सम्वधमा ।

-स्वास्थ्य सस्था दर्ता, अनुमति तथा अनुमति निर्देशिका सम्वधमा

-गरिव तथा विपन्न् लक्षित खानेपानी धारा जडान तथा महशुल व्यावस्थापन सम्वधमा ।

-नगर स्तरिय दलित समन्वय सम्वधमा ।

-एम्वुलेन्स सेवा सचालन निर्देशिका सम्वधमा ।

-नगर स्तरिय शिक्षा कार्यविधि सम्वधमा ।

-सहकारी सस्था दर्ता कार्यविधि सम्वधमा ।

-शिप विकास तालिम तथा दर्ता सम्वधमा ।

-समुदायिक वनको कार्ययोजना सम्वधमा ।

-योजना तथा कार्यक्रम समसोधन सम्वधमा ।

-सडक बोर्ड बाट संचालन हुने योजना सम्वधमा ।

-प्रदेश समपुरक अनुदान ०७९/८० सम्वधमा ।

-प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सचालन सम्वधमा ।

-उर्लाबारी-८ दुर्गापुरी बजार कालोपत्रे योजना बजेत थप सम्वधमा(६९ हजार ७ सय ३५ रुपैया)

-पालिका अगाडीको सडक कालोपत्रे सम्वधमा (४ लाख ९९ हजार १ सय ९० रुपैया ५६ पैसा)

-बक्रा-सोल्टी तटवन्धन योजना सम्वधमा( २० मिटर १२ लाख)

-अपाङगता रोकथाम तथा पुनः स्थापना को विउपुजी नगरपालिकामा फिर्ता भएको सम्वधमा । 

-अपाङगता मिलीजुली कार्यक्रम वडा नम्वर १ र ५ सम्वधमा ।

-फोहोर मैला व्यावस्थापनको रकम माग भएको सम्वधमा ।

-कक्षा थप माग भएको सम्वधमा ।

-विनियोजित बजेट र बाकी रहेको वजेटको योजना माग सम्वधमा ।

-भृकुटीमार्ग सडक कालोपत्रे सम्वधमा (९ लाख २४ हजार १ सय ५१ रुपैया)

-सिद्धिविनायक सडक कालोपत्रे सम्वधमा (९ लाख ३७ हजार ७ सय ७४ रुपैया)

-भुमिहिन तथा अव्यवस्थीत वसोवासी सम्वधमा ।

-हेमपाइप खरीद सम्वधमा ।

-सडक बत्ति महशुल सम्वधमा ।

-कान्छीचौकमा भत्केको कल्र्भट सम्वधमा ।

-उर्लाबारी बहुमुखी क्याम्पसमा वस खरिद सम्वधमा ।

-मौज्दात रकम ६ करोड ३७ लाख ६१ हजार ८ सय ३४ रुपैया ६७ पैसा को कार्ययोजना निर्माण सम्वधमा ।