धनकुटा । जिल्ला कफी ब्यवसायी संघ धनकुटा का अध्यक्ष युवराज दर्नाल को अध्यक्षतामा जिल्ला कमिटी बैठक सम्पन्न भएको छ ।

 उक्त बैठकले धनकुटा जिल्लाका ७ वटै पालिका स्तरीय कफी ब्यवसायी संघको भेला तथा सम्मेलन गर्ने निर्णय गरेको छ। महालक्ष्मी नगरपालिकामा यसअघि नै भेला सम्पन्न भईसकको छ भने बाँकी ६ वटा पालिका मध्ये शहिदभुमी गाउँपालीकामा चैत ३० गते, धनकुटा नगरपालिकामा वैशाख ३ गते, छथर जोरपाटी गाउँपालिकामा  वैशाख ७ गते,  चौबिसे गाउँपालिका  वैशाख   १४ गते, साँगुरीगढी गाउँपालीमा वैशाख १५ गते, पाख्रीवास नगरपालिका वैशाख १७ गते सम्मेलन तथा भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।WhatsApp Image 2022-03-28 at 14.48.09

 साथै बैठकले पालिका स्तरमा जिल्ला कमिटीका सदस्यहरूलाई ईन्चार्जको जिम्मेवारी समेत तोकेर जिम्मेवारी दिएको छ ।

पालिका स्तरीय ईन्चार्जहरूमा शहिदभुमी गाउँपालीकामा  बाबुराम राई, धनकुटा नगरपालिकामा अमृता तामाङ,  छथर जोरपाटी गाउँपालिकामा छगेन्द्र पराजुली, चौविसे गाउँपालिकामा मन कुमार याम्फु, साँगुरीगढी गाउँपालीकामा राजेन्द्र कुमार ईङ्नाम, पाख्रीवास नगरपालिकामा गोविन्द थापा, महालक्ष्मी नगरपालिकामाहेमचन्द्र नेपाललाई जिम्मेवारी दिएको जिल्ला कफि व्यवसायी संघ धनकुटाका अध्यक्ष युवराज दर्नालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी दिनमा कफिबाटै आर्थिक संमृद्दिकालागि अघि बढ्नेलगायतका  विभिन्न महत्त्वपूर्ण निर्णय गरि बैठक समापन भएको छ।