धनकुटा । प्रदेस नम्वर १ सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद अन्र्तगत सञ्चालन भई रहेको धनकुटामा रहेको निजामती आवासीय माध्यमिक विद्यालयको नव निर्मित भवन उदघाटन गरिएको छ ।
निजामती कर्मचारीका छोराछोरीलाई मुल रुपमा सहुलियत दरमा पठनपाठन गराउने लक्ष्य सहित २०७० सालमा धनकुटामा स्थापित निजामती आवासीय विद्यालयको नव निर्मित भवनको संघिय सांसद राजेन्द्रकुमार राईले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।
मुल रुपमा निजामती कर्मचारीका वालबच्चा , सेवा निवृत्त निजामती कर्मचारीका वालबच्चा , सर्वसाधारणका वालवच्चा सहित स्कुल कर्मचारीका वालवच्चाहरु पठनपाठन गर्ने सो विद्यालयलाई सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माण गर्ने कार्य अन्र्तगत ६ करोड १८ लाख ४५हजार बढीको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले वताए । विद्यालयमा शौचालयको राम्रो व्यवस्था रहेको साथै युरो गार्ड मार्फत शुद्ध पिउने पानीको व्यवस्था मिलाइएको समेत प्रअ काफ्लेले जानकारी दिए ।
विद्यालय भवनको उदघाटन गर्दै प्रमुख अतिथी संघिय सांसद राईले प्रविधिको प्रयोग गर्दै प्राविधिक शिक्षामा समेत जोड दिएर प्राविधिक शिक्षामा समेत दक्ष र योग्य विद्यार्थी उत्पादन गर्ने कार्यलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । विद्यालय भौतिक सुविधायुक्त भएपछि विद्यार्थी तथा अभिभावकहरुको समेत आकर्षण वढ्न थालेको छ । कक्षा ५ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा २सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन ।
((




















