धनकुटा । फरक क्षमता भएका विद्यार्थी समेत अध्ययनरत रहेको धनकुटाको मार्गेश्वरी प्राथमिक विद्यालयको नव निर्मित चार कोठे भवनको एक कार्यक्रमका विच उदघाटन गरिएको छ ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ शिक्षा धनकुटाले ६९ लाख ३० हजार रूपैयाँ लागतमा निर्माण गरिदिएको दुई तले चार कोठे भवनको संघिय सांसद राजेन्द्रकुमार राईले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।
विद्यालयको भवन उदघाटन कार्यक्रमका प्रमुख अतिथी संघिय सांसद राईले शिक्षाका माध्यमबाट दक्ष र योग्य जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक टेक बहादुर खत्रीले विद्यालयमा हाल ३२ जना फरक क्षमताका विद्यार्थी अध्ययनरत रहेको वताउदै दोभासे शिक्षक अभाव रहेको समेत गुनासो गरे ।
वडा नम्बर ४ ले विद्यार्थीका लागि सहज होस भनेर टेम्पो र दिवा खाजाको व्यवस्था गरिदिएपछि विद्यार्थी भर्ना हुने क्रम पनि बढेको प्रअ खत्रीले जानकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चलाल राईको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष टंक चुहान धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग उपप्रमुख सकुन्तला बस्नेत वडा नम्बर ४का वडाध्यक्ष जमसेर राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















