इटहरी । गर्मी महिनाको सुरुवातसंगै मानिसहरुमा देखा पर्ने आँखाको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको बुल्स इलेभेन क्लवले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय १० जनाले आँखा परिक्षण गराएका छन ।
सरसफाई लगातका सामाजिक कार्यमा सक्रिय रहदै आएको बुल्स इलेभेनले इटहरीमा पहिलो पटक आयोजना गरेको आँखा परिक्षण शिविरमा २ सय १० जनाले सेवा लिएका हुन ।
शिविरमा बालबालिका देखि जेष्ठ नागरिकहरुले समेत आँखा परिक्षण गरिएको थियो । इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएकोे शिविरमा १५ जनामा मोतिया विन्दु पाइएको छ । 
मोतिया विन्दु देखिएका विरामीहरुलाई आयोजक संस्थाको सहकार्यमा नवदृष्टि आँखा अस्पतालले निःशुल्क रुपमा अप्रेसन गरिदिने व्यवस्था समेत मिलाइएको र अप्रेसन पछी चश्मा र औषधी पनी निःशुल्क उपलब्ध गराउने आयोजक बुल्स इलेभेन क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिए ।
शिविरमा सुनसरी,मोरङ आसपासका क्षेत्रका सर्वसाधारण लगायतले सेवा लिएका थिए ।




















