इटहरी । एल आइ सि नेपाल इटहरी शाखाले इटहरी ५ का बिमित स्वर्गीय अम्बर बहादुर राउतका इच्छाइएको ब्यक्ति श्रीमती हेमा चौहानलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।
लाइफ ईन्सोरेन्स कर्पोरेशन लिमिटेडमा भद्र भलादमी बराह हार्डवेयरका प्रोप्राइटर स्वर्गीय अम्बर बहादुर राउतले २०७७ असोज ११ गते प्रथम बीमा शुल्क रु ५३८९३७ तिरी रु. १ करोडको २० वर्षे बीमा गर्नुभएको थियो ।
९ महिना पछि कोरोनाका कारण ज्यान गुमाउएका स्वर्गीय राउतका इच्छाइएको ब्यक्ति श्रीमती हेमा चौहानलाई मृत्यु दाबी बापतको रकम रु. एक करोड छ लाख सत्तरी हजारको चेक निजको घरमै गएर शाखा प्रबन्धक गुन्जेश प्रसाद ठाकुरले हस्तान्तरण गरिएको छ ।
साथै जीवन अनिश्चित र मृत्यु निश्चित हुने तितो सत्यलाई मध्य नजर गरि हामी सबैले जीवन बीमा गर्नु जरुरी छ ।
बिमित जीबितै रहंदा पाउने रकमले आर्थिक रुपले झन समृद्ध बनाउने तथा दुर्भाग्यवश मृत्यु भएमा आश्रितलाई आर्थिक सुरक्षा प्रदान हुने हुंदा जो कोहीले पनि जीवन बीमा गराउनु राम्रो हुने एल आइ सि शाखा प्रबन्धक ठाकुरले बताउनुभयो ।
विमा रकम लिदै बिमितका पत्नी हेमा चौहानले मैले पटक पटक बीमा नगर्न भन्दा भन्दै पनि मलाई थाहै नदिई गराउनु भएको यो बीमाको मृत्युु दाबी बापत प्राप्त रकमले वहाँद्वारा स्थापित ब्यापार ब्यबसायलाई थप उचाइमा पु¥याउन तथा नानीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने बताउनुभयो । 
वहाँको अनुपस्थितिलाई चेकको जति पनि रकमले भर्पाइ गर्न नसके पनि वहाँको दुरदर्शिताले मलाई वहाँ प्रति गौरवान्वित बनाएको पनी बताइन ।
साथै बिमितका बुवा रामनारायण राउतले बीमाको दाबी झन्झटिलो हुने गरेको सुन्दै आएकोमा अभिकर्ता सुकमान तामाङ र एल आइ सि नेपालले त्यसलाई गलत साबित गर्दै सहज रुपले भुक्तानी गरेकोमा धन्यवाद ज्ञापन गर्नूभयो ।
सोही अवसरमा एजेन्सी मेनेजर जितेन्द्र नायकले हामी बाचुन्जेल अन्तिम प्राथमिकतामा राखेर जीवन बीमा हाम्रो मृत्यु पश्चात् हाम्रो आश्रितका लागि पहिलो प्राथमिकता हुने यथार्थलाई मनन गरौ र बेलैमा आश्रित परिवारजनलाई आर्थिक सुरक्षा प्रदान गर्न पछि नपर्न कबैमा आग्रह गर्नुभएको छ ।




















