कपिलवस्तु ।  २०६७ सालमा  वैज्ञानिक वन व्यावस्थापन कार्यान्वयन पश्चात कपिलवस्तु जिल्ला स्थित रहेको तिलौराकोट साझेदारी वन व्यावस्थापन समिति मार्फत वैज्ञानिक वन व्यावस्थापनको थालनि गरिएको हो । 

उक्त साझेदारी वनलगायतका साझेदारी वनको देवदह साझेदारी वन व्यावस्थापन समुहले अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । 

रूपन्देहि जिल्ला स्थित देवदह नगरपालिका वडा नम्वर १० मा रहेको देवदह साझेदारी वन व्यावस्थापन समुहले अवलोकन भ्रमण सम्पन्न गरेको समुहका अध्यक्ष अकवाल खाँले जानकारी दिनुभयो । IMG20220315074953

उक्त टोलिले रूपन्देहि, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कन्चनपुर, कैलाली गरि सात जिल्लाको अध्ययन अवलोकन गरेको छ । 

देवदह साझेदारी वन व्यावस्थापन समूहका अध्यक्ष अकवाल खाँ सहितको पदाधिकारी तथा वडा संयोजक, वडा अध्यक्ष, कर्मचारी एवं मिडियाकर्मिलगायतको सहभागिता रहेको थियो । 

देवदह साझेदारी वन ७६४.२५ हेक्टर क्षेत्रफल जमिनमा फैलिएको छ । उक्त वनले ३५ वटा वडालाई समेटेको छ । यस वनबाट ४० हजार घरधुरि लाभान्वित रहेका छन् । यस बनमा साल, अस्ना, जामुन, विजयसाल, सतिससाल, श्रीरिस, कर्मा, बाझि, प्यारि, हर्राे, बर्राे, अमलालगायत प्रजातिका रूखहरू रहेका छन् । IMG20220315104817

साल, अस्मा बढि मात्रामा पाईने यस जङ्गलमा हिरन, बँदेल, मृग, चित्तल, निलगाँई, लगायतका जङ्गलि जनावरहरू समेत रहेका वन समुहले जानकारी दिएको छ ।

भ्रमणका क्रममा कैलाली जिल्लाको बाह्रवन साझेदारी वनमा तयार गर्दै गरेको नर्सरी, वनको अवस्था, साझेदारी वनको गतिविधिको अवलोकन, तिलौराकोट साझेदारी वन समिति मार्फत थालनी गरिएको वैज्ञानिक वन व्यावस्थापनका गतिविधि, तिलौराकोट साझेदारी वन व्यावस्थापन, अग्निरेखा निर्माण, खहरेखोला, खोल्सि व्यावस्थापन, वन सिमाना व्यावस्थापन, घाटगछि, वन व्यावस्थापनका फाईदा वेफाईदा, राजस्व संकलन, बन डडेलो नियन्त्रणकालागि अग्नि रेखा निर्माण, झाडि फडानि, काँटछाट, व्यावस्थापनका लागि ढुग्गा छाप्दै गरेको, दृष्यावलोकनलगायतका अवलोकन गरिएको सहायक वन अधिकृत सुर्य प्रसाद मैनालीले बताउनु भयो । 

यसका अलवा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका गोहि, हाक्ति, कछुवा, गैडालगायतको व्यावस्थापन, निकुञ्जका बारेमा सामान्य जानकारी, टिकापुर नगरपालिकामा राजा महेन्द्र बाटीका पार्कमा अवस्थित राजाको विश्राम स्थल, ऐश्वर्य उध्यान सहितको पार्क अवलोकन,  बनाना एग्रो रिर्सोट, सुदुर पश्चिम प्रदेश स्थित भरखरै घोषणा गरेको घोडाघोडी पन्छी अभयारण्य क्षेत्रलगायतको अवलोकन सम्पन्न गरिएको छ । 

वनलाई उद्योगसँग कसरी जोड्न सकिन्छलगायतका विषयमा तिलौराकोट साझेदारी वन व्यावस्थापन समितिका अध्यक्ष जयप्रकास पाण्डेले आफ्नो वनमा गरिएको वन व्यावस्थापनको बारेमा जानकारी गराउदै वन अवलोकन समेत गराउनु भएको थियो ।