इटहरी । सरसफाई लगायतका सामाजिक कार्यमा सक्रिय सुनसरीको इटहरीमा रहेको बुल्स इलेभेन क्लवले गर्मी महिनाको सुरुवातसंगै मानिसहरुमा देखा पर्ने आँखाको स्वास्थ्य  समस्यालाई मध्यनजर गर्दै नि:शुल्क रुपमा  आँखा परिक्षण शिविर आयोजना गर्ने भएको छ ।  

   आगामी १३ गते आईतवार इटहरीको धरान लाइनमा रहेको लण्डन होटल नजिक आँखा परिक्षण शिविर सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

    इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा इटहरी तथा आसपासका क्षेत्रका सर्वसाधारणले सेवा लिने अपेक्षा राखिएको आयोजक बुल्स इलेभेनका उपाध्यक्ष रामु राईले जानकारी दिए ।

शिविरमा आँखा परिक्षण गरिएकाहरुमा मोतिया विन्दुको अप्रेसन गर्नु परेमा नवदृष्टि आँखा अस्पतालले निःशुल्क रुपमा गरि दिने समेत पत्रकार सम्मेलनमा वताइयो ।