इटहरी । टेग्रा खोलाको पानी बग्ने क्षेत्रबाट नै कंक्रिट वाल निर्माण गरिन थालेपछि खोला सागुरिएर वर्षायाममा मानव बस्तीमा वाढी पस्ने जोखिम बढेको भन्दै सुनसरीको इटहरीवासीले निर्माण कार्य रोक्का गर्न माग गरेका छन ।

  इटहरी उपमहानगरपालिका वडा ९ भएर बग्ने टेग्रा खोला भित्रैबाट व्यक्तिले कंक्रिट वाल लगाउन थालेपछि बाढीको जोखिम बढेको भन्दै स्थानीयवासीले वडा नम्बर ९ कार्यालयलाई निर्माण कार्य रोक्का गरिदिन माग ज्ञापन पत्र वुझाएको हो ।

   वडा नम्बर ९का विभिन्न टोल क्षेत्रका ४२ जनाले हस्ताक्षर गरेर निर्माण गरिदै आएको वाल वनाउने काम रोक्का गर्न माग राखेका हुन ।  विगत देखि नै खोलाको बाढी वस्तीमा पस्दै आएकोमा अझ वाल निर्माणपछि थप जोखिम हुने भन्दै स्थानीयले खोला अतिक्रमण रोकिनु पर्ने माग अघि सारेका हुन । 20220324_144111

स्थानीय चितनारायण चौधरी खोलामा  वाल निर्माण गर्दै आएका व्यक्तिकै नम्वरी जग्गा रहेको भएपनि आफुले २०२८साल देखि खोला यही ठाउँबाट बग्दै आएको देखेको वताउदै खोला सागुरो वनाउदा इटहरीको वडा नम्बर ९का केही टोलहरु बाढीको उच्च जोखिममा पर्ने हुदाँ सम्वन्धीत निकायले निर्माण कार्य रोक्का गरिदिनु पर्ने माग गर्दछन ।20220324_153349

विगत देखि नै खोलाका कारण बस्तीमा बर्षायाममा बाढी पस्ने गरेकोमा वाल निर्माणले थप जोखिम वढाएको भन्दै सम्वन्धीत निकायले प्राविधिक रुपमा जाँच गरेर बस्ती सुरक्षित वनाउने काम गर्नु पर्न अर्का स्थानीय नवराज पोख्रेल वताउछन ।

यता इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष भुपेन्द्र बराल स्थानीयवासीले वडाले तोकेको भन्दा दुई चार फिट यता ल्याएर निर्माण कार्य गरिदै आएको भन्ने निवेदन वडामा आएको वताए । वडा खोला मास्न पाइदैन भन्नेमा रहेको वताउदै वडाध्यक्ष बरालले रोक्काका लागि पत्र पठाउने जानकारी दिए ।

यता खोला मिचेको आरोप लागेका सम्पतलाल चौधरी आफनो नम्बरी जग्गा भएको तथा वडा कार्यालयसंग समन्वय गरेर काम गर्दै आएको वताएका छन ।