इटहरी । ग्रामिण क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरहरुले सर्वसाधारणलाई तत्कालिन अवस्थामा स्वास्थ्य उपचार साथै स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन सहज हुन थालेको छ ।

     सामाजिक सेवाका क्षेत्रका काम गर्ने संघ सस्थाहरुले विभिन्न दिवस तथा अवसर पारेर विशेषज्ञ चिकित्सक तथा प्रयोगशाला समेत ग्रामिण क्षेत्रमै लगेर आयोजना गर्ने स्वास्थ्य शिविरहरुबाट सर्वसाधारले उपचार तथा आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन थालेका हुन ।

यसै क्रम सुनसरीको इटहरीमा विश्व क्षय रोग दिवसको अवसर पारेर इटहरी जेसिजको आयोजना फोक्सो लगायतका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।20220324_094033

इटहरी उपमहानगरपालिकाको वडा नम्बर २मा रहेको ग्रामिण वस्ती शान्तिनगरको सिहंदेवी चौकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जना भन्दा वढीले सेवा लिएका छन ।

विपी मेडिको, मनोकामना डेण्टल र अरविन्द आइ केयरको प्राविधि सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर धेरै जना कोभिड संक्रमण भई सकेको स्थानलाई छनोट गरेर आयोजना गरिएको आयोजक इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले जानकारी दिए ।IMG_1670

ग्रामिण क्षेत्रमै आएर विशेषज्ञ सहितको सेवा दिदा स्थानीय समेत हर्सित भएका छन । कतिपय स्थानीयलाई वाहिर गरेर जचाउन समस्या हुने अवस्था रहेमा शिवरले सहयोग पुर्याएको स्थानीय शिक्षक अनिता पौडेल मगरले वताई ।IMG_1678

सो निःशुल्क फोक्सो परिक्षण सहितको स्वास्थ्य शिविरमा विपी मेडिकोका फिजिसियन डा.  अमित खतिवडा , डा. गुन्जन त्रिताल वालरोग विशेषज्ञ डा. सुमित घिमीरेले सेवा दिएका थिए भने मनोकामना डेन्टलका दाँत रोग विशेषज्ञ डा.सुजन गौतम र अरविन्द आइ केयरका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण गरेका थिए ।