मोरङ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ । 

उत्तरी मोरङको लेटाङमा भएको  घटनाका बारेमा सञ्चारकर्मीसँग कुरागर्दै मन्त्रीकार्कीले प्रहरी जवानको परिवारलाई न्यायदिने बताउनु भएको हो ।

आइतबार स्थानीय विद्यालयका शिक्षकले विद्यार्थी माथि यौन दुर्व्यवहार गरेको विरोधमा भएको झडपका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । मन्त्रीकार्कीले समाजलाई आक्रोशित र आतङ्कित बनाउने तत्वहरूले सरकारलाई गम्भीर बनाएको बताउनुभयो । 

हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानूनी दायरामा आउँछन् । 

उहाँले भन्नुभयो, अनुसन्धानको क्रम जारी छ सफल अनुसन्धान हामी गछौं ।

मन्त्री कार्कीले घटनामा घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । 

कोसी अस्पताल र नोबेल अस्पतालमा पुगेर घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै मन्त्रीकार्कीले घाइतेको उपचारमा विशेष ख्याल गर्न आग्रह गर्नु भयो ।