बराहक्षेत्र । आफु भुईबाट उठेर नेतृत्व तहमा पुगेकाले आम नागरिकहरुका समस्या आफुलाई राम्रो जानकारी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वताएका छन ।
सुनसरीको बराहक्षेत्र आयोजित पार्टीको आमसभालाई सम्वोधन गर्दै अध्यक्ष लिङदेनले आफु भुईबाट उठेको मान्छे भएकाले भुईका मान्छेहरुका समस्या के छन भन्ने विषय आफुले वुझेको वताएका हुन ।
अध्यक्ष लिङदेनले अन्य दलका नेताहरुले राजनितिलार्य पेशा बनाएको आरोप समेत लगाए उनले अरु दलका नेताहरुको जस्तो आमराको जिन्दगी जिउने सोचले नभएर देश र जनताको हितमा काम गर्न आफु राजनितिमा लागेको समेत वताए ।
राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतको अध्यक्षतामा भएको आमसभामा पुर्व भुमि सुधार मन्त्री रामकुमार सुब्बा पार्टीका महामन्त्रीद्धय भुवन पाठक र राजेन्द्र गुरुङ पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले समेत सम्वोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष लिङदेन लगायतका नेताहरुले अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा उल्लेखिय संख्यामा मानिसहरुको सहभागिता रहेको थियो ।




















