मोरङ ।  प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने पक्षमा रहेको वताएका छन ।

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासकिय भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री देउवाले सरकार  निर्वाचन आयोगले तोकेको समयमा सार्ने  मनसायमा नरहेको वताएका हुन ।  

   निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति तोकि सकेको भएपनि सरकारले तोकिएको मितिमा निर्वाचन गर्न नचाहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आरोप लगाउदै आएको समयमा मोरङको सुन्दरहरैचा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार निर्वाचन सार्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन ।WhatsApp Image 2022-03-21 at 13.41.32 प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने काम निर्वाचन आयोगको भएको र निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तय गरिसकेकाले सवै निर्वाचनलाई निष्पक्ष र धादलीरहित सम्पन्न गर्न जुटनु पर्नेमा जोड दिए । उनले सरकार निर्वाचन सार्ने मनसायमा नरहेको भन्दै टाइमै निर्वाचन हुने विश्वास दिलाउन चाहन्छु भने ।WhatsApp Image 2022-03-21 at 13.41.31

  सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हिजो  मोरङको लेटागंमा महिला सुरक्षाकर्मीलाई सांघातिक आक्रमण गरी हत्या गरिएको विषयमा  सरकारले आवश्यक छानविन गरी दोषीलाई कडा कारवाही गर्ने समेत जानकारी गराए । यस अघि ३५ शैयाको वडा नम्बरमा निर्माण सम्पन्न  सुन्दरहरैचा नगर अस्पतालको  नव निर्मित  समुद्घघाटन गरेका थिए । WhatsApp Image 2022-03-21 at 13.41.30कार्यक्रममा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकाले गरेका विकास निर्माणका विषयमा जानकारी गराएको थिए । सोही कार्यक्रममा पुर्व मन्त्री भानुभक्त ढकाल , राष्ट्रिय सभाका सदस्यद्धय रमेशजगं रायमाझी , गोपी आछामी र सुन्दरहरैचा नगरपालिकाकाकी उपप्रमुख धनमाया तामाङले पनि बोलेका थिए ।