इटहरी । रंगहरुको महान पर्व होलीको अवसर पारेर सुनसरीको इटहरीमा इटहरी जेसिज र लायन्स क्लव अफ विपी चौकले संयुक्त होली मिलन कार्यक्रम आयोजना गरेको छ ।

 प्रत्येक वर्ष झै यो वर्ष पनि इटहरी जेसीजले  होली मिलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम उधोग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेलको प्रमुख आतिथित्य तथा इटहरी जेसीजका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा भएको होली मिलन कार्यक्रममा एक अर्कामा रंग दलेर शुभकामना आदनप्रदान गरी होली पर्व मनाएको थियो ।IMG_1505 कार्यक्रमको विषयमा प्रस्ट पार्दै इटहरी जेसीजका अध्यक्ष भण्डारीले होली परापुर्वकाल देखी मनाउदै आएको र त्यसलाई हामीले एक आपसमा भाइचारा कायम गदै होली मिलन कार्यक्रम लाई निरन्तरता दिएको वताए । IMG_1590

 त्यसै गरी कार्यक्रममा आयन्स क्लव अफ विपी चौकका अध्यक्ष होमराज ढकाल,उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल,जेसिजका पुर्व अध्यक्षहरु  गिता श्रेष्ठ,माधव भट्टराई,प्रकास राई  लायन्स क्लवका लोकेन्द्र ढकाल लगायतले  होली पर्वको शुभकामाना मन्तब्य राखेका थिए । IMG_1583

त्सैगरी होलीकै अवसरमा इटहरी चोकमा एरिना टेलिभिजनले आयोजना गरेको सास्कृतिक कार्यक्रममा एरिना टिभीको उत्पादन कापोक सेनेटरी प्याडको गोरखापत्र दैनिकका ब्युरो प्रमुख सचिन पोख्रेल अन्य सञ्चारकर्मीहरुले प्याडको लन्च गरेका थिए भने कार्यक्रममा  इटहरीको विभिन्न स्थान बाट आएका युवा, युवतीहरुको ठुलो भिडमा रमाइरहेका थिए ।