इटहरी । माया घर नेपालको आयोजनामा सम्पन्न भएको श्रीमदभागवत जीवनदर्शन कथा सत्सगको आयव्यय सार्वजनिक गरेको छ ।
गत फागुन २१ गते देखि २ं८ गते सम्म सञ्चालन भएको भागवत जीवनदर्शन कथा वाचन बाट नगद ५८ लाख २ हजार १८ रुपैया संकलन भएको संस्थाका आर्थिक संयोजक दिपक दाहालले पत्रकार सम्मेलनमा जानकारी दिए । 
माया घर नेपालको परिकल्पना ,सडक मानव रहित नेपालको स्थापना भन्ने मूल नराका साथ लगाईएको भागवत जीवनदर्शन कथा सत्सङबाट बैंक र आईएमई साथै ,नगद आम्दानी बाट उठेके उक्त रकमको ब्याजले मायाघरमा आश्रितहरुका लागि गास, बासको ब्यवस्था मिलाउने योजना रहेको संस्थाकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले बताईन । 
उक्त सम्मेलनमा प्राप्त रकमबाट २९ लाख ७८ हजार ६ सय ७० खर्च भएको छ । मायाघर नेपालले श्री मद्भागवत जीवनदर्शन कथा सत्सगबाट करिब रु.१ करोड उठ्ने अनुमान गरेपनि अनुमानित रकम उठ्न नसकेको सम्मेलनमा जानकारी गराईयो । आगामि दिनमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरि अक्षयकोषमा रु.१ करोड पुर्याउने लक्ष्य रहेको संस्थाकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिईन । 
श्री मद्भागवत जीवनदर्शन कथा सत्सगंमा बिभिन्न सञ्चारका माध्यमबाट योगदान पुर्याउने सञ्चारकर्मीहरुलाई सम्मेलनमा प्रसंशा पत्रले सम्मान गरिएको छ ।




















