इटहरी । चुनावी माहोल बडेसगैँ राष्ट्रिय प्रजातन्त्र पाटीले सुनसरीको बराहाक्षेत्र नगर पालिकाको चक्रघट्टीमा यही चैत्र ७ गते बृहत आमसभा गर्ने भएको छ ।
पाटीले इटहरीको चिन्तन चौतारीमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा वोल्दै सुनसरी जिल्ला अध्यक्ष दुर्गा वहादुर वस्नेतले पाटीले महाधिवेसन पछि कुनै पनि कार्यक्रम नगरेको र त्यहि सिलसिलमा गाँउ गाउमा प्रजातन्त्रको निति,सिदान्त,उदेश्यको वोरेमा जानकारी गराउने उदेश्यले वृहत आमसभा गर्न लागिएको जानकारी गराए । 
सो कार्यक्रममा विभिन्न पाटी परित्याग गरी ३ हजार बढीले पाटी प्रवेश गर्ने र आमसभामा ८ हजार बढीको उपस्थीती रहने आयोजकले अनुमान गरेको जिल्ला अध्यक्ष वस्नेतले बताए ।
आमसभामा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुव्वा,केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन,प्रवक्ता ज्ञानेन्द्र शाही,रेखा थापा लगायतको उपस्थिती रहने र अन्य स्थान इटहरी,दुहबि,धरानमा समेत र्कायक्रम गर्ने वस्नेतले जानकारी गराए ।
पत्रकार सम्मेलनमा .नयाँ जोस उत्साह जनताको भावना बडेकोछ बिस्वास भरोसाको केन्द्र बनेको भन्दै अध्यक्ष बस्नेते बोल्नु भएको थियो ।




















