इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल प्रदेश नम्बर १ को प्रथम भेलाले मोरङका ज्ञानबहादुर खड्काको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

  सुनसरीको इटहरीमा भएको  भेलाले बरिष्ठ उपाध्यक्षमा सुनसरीका गणेशकुमार दुलाल सचिवमा मोरङका दिपेश बास्तोला सहसचिवमा मोरङका उद्धव भट्टराई  र कोषाध्यक्षमा सुनसरीका भुपेन्द्र न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।IMG_1179

  प्रेमप्रसाद भट्टराईको अध्यक्षता तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिल्वालको प्रमुख आतिथ्यमा भएको भेलाले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्य समितिको सदस्यमा झापाका राधेश्याम ढकाल , युवराज दाहाल ,दुर्गा गौतम सुनसरी रामकुमार कालाखेती  र निलम अधिकारी रहेका छन ।