इटहरी ।  यौनिक तथ अल्पसंख्यक महिलाहरुको विषयमा सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । 

मितीनी नेपालको आयोजनामा भएको सो कार्यक्रममा वोल्दै साहारा समाजका अधिकारकर्मी सुमन तामाङले महिला हिंसा विरुद्ध महिलाको मात्र मुद्धा उठाएर हुदैन यतिवेला समावेसी मुद्धा उठाउनु पर्छ किनकी आजका महिलाहरु धेरै सक्षम  भैसकेको वताए । 

युवा विकास केन्द्र इटहरीमा भएको कार्यक्रममा सहभागीहरुले नीती निर्माण गर्ने वेलामा अपांग,समलिङगी,तेस्रो लिङगी,मुस्लीम,दलित सवैको  मुद्धा उठान गरी कानुन वनिनु पर्ने अनि मात्र आफ्नो  परिचय आफैले दिएर हिड्न सक्सछन् नत्र यो समाजले हेर्ने गर्ने व्यवहारले धेरै जना डिप्रेसनमा परेको र  कतिले त आत्मा पनि हत्या गरेको  कुरा उठान गरीएको थियो । 

 कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनको कार्यक्रम  अधिकृत  लिला भुजेल,प्रयास महिला समुह को  कार्यक्रम तथा वित्तिय अधिकृत मौसमी राई,नेपाली काङग्रेस जिल्ला सदस्य युरिका घिमीरे,प्रोत्सान नेपाललको अध्यक्ष योसा गुरागाई,मानव कल्याण समाज का कार्यक्रम संयोजक देव नारायण  चौधरी,चेलीवेटि अपाङग संघ को  अध्यक्ष दिल कुमारी राई,वडा नम्वर ४ को महिला वडा सदस्य लक्ष्मी चापागाई लगातको सहभागीता रहेको थियो ।