उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले सञ्चालन गरेको “उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी” अभियान अन्र्तगत शनिवार उर्लाबारी-९ आसामे टोलमा सडक बत्ति विस्तार गरीएको छ ।

आसामेटोल सिरानदेखी टोलको पुच्छार सम्मको सडकमा १९ स्थानमा सडक बत्ति जडान गरिएको हो । सडक बत्तिको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर फागोले उर्लाबारीलाई उज्यालो र सुरक्षित बनाउने हेतुले राजमार्गका १ सय १४ स्थानमा, उर्लाबारी-मधुमल्लारोड, उर्लाबारी-इटहरा रोड सगै अन्य शाखा सडकहरुमा पनि सडक बत्ति विस्तार भएको बताए ।

विषेश गरी विहानी पख स्कुल कलेज जाने विध्यार्थीहरु लाई सडकमा सहजता महसुस होस साथै अन्धकारको फाइदा उठाएर विभिन्न दुव्र्यशनीमा लागेकाहरुलाई न्युनिकरण गर्न टेवा पुग्ने र राजमार्गमा हिट एण्ड रनको केसलाई पहिचान गर्न सडक बत्तिले सहयोग पुग्ने  मेयर फागोको भनाई छ ।

सडक बत्ति उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता लोलिम पोमु लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रम बत्ति विस्तार समितीका संयोजक सन्त मादेनको सभापतित्वमा समपन्न् भएको थियो ।