इटहरी । सडक क्षेत्रबाट उद्धार गरि ल्याएका तथा मानसिक रोगीहरुलाई आश्रय दिदै आएको माया घर नेपालले अक्षयकोष स्थापनाका लागि सञ्चालन गरेको ऐतिहासिक श्रीमद भागवत तथा जीवनदर्शन कथा सत्सङ्ग कथा श्रवण समापन भएको छ ।
गत २१ गते देखि सञ्चालन भई रहेको ऐतिहासिक श्रीमद् भागवत तथा जीवनदर्शन कथा सत्सङ्ग एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
माया घर नेपालकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको हो ।
सडक क्षेत्रलाई मानव वसोवासरहित वनाउने सरकारी नीतिलाई केही हद सम्म सहयोग पुर्याउदै विभिन्न कारणले पारिवारबाट टाढा भएर सडकमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरी संरक्षण गर्दै आएको माया घर नेपालमा आश्रय लिदै आएकाहरुलाई संरक्षणका लागि दिर्घकाली स्रोत वनाउने उद्धेश्यले अक्षयकोष स्थापनार्थ श्रीमद भागव तथा जीवनदर्शन सत्सङ्ग सञ्चालन गरिएको थियो । सस्थाकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले जीवनदर्शनसंग जोडिने सत्सङ्ग प्रवचन गरेको सो ऐतिहासिक कार्यक्रममा देश विदेशबाट समेत भक्तजनहरुले सहभागिता जनाएका थिए ।
सो धार्मिक तथा सत्सङ्ग कार्यक्रममा श्रद्धालु भक्तजनहरुले नगद तथा अन्य माफमबाट समेत सहयोग गरेका थिए ।




















