मोरङ ।   सडक क्षेत्रमा सवारी साधनको चाप वढेसंगै दिनप्रतिदिन वढी रहेको सानाठुला सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना  न्युनिकरणका लागि पुर्वी नेपालमा जेब्राक्रम बनाउने क्रम बढेको छ ।

 यसै क्रममा मोरङको सुन्दरहरैचाको गछियामा गछिया जेसिजले पैदल यात्रीको सुरक्षा तथा सवारी दुर्घटना नियन्त्रणका लागि जेब्राक्रस वनाएको छ ।

   पछिल्लो केही वर्ष यता देखि पुर्वी नेपालमा बढी रहेको सवारी दुर्घटनामा मध्यनजर गर्दै गछिया जेसिजले पुर्व पश्चिम राजमार्ग अन्र्तगत सुन्दरहरैचा नगरपालिकाका विभिन्न ठाउँमा जेब्राक्रस वनाएको हो ।275478870_1347482222395344_4545919248485114747_n

    गछिया जेसिजले सुन्दरहरैचाको गछिया  , बलिया , दुलारी , गोठगाउँ क्षेत्रमा जेब्राक्रस बनाउने योजना अनुसार गछियाबाट आरम्भ गरेको हो ।

गछिया जेसिजका निवर्तमान अध्यक्ष रविन सिटौलाको अध्यक्षता नयाँ वृन्दावन गौशालाका संरक्षक दिनवन्धु शास्त्रीको प्रमुख आतिथ्य र सुर्दन भट्टराईको संयोजकत्वमा जेब्राक्रस वनाउने अभियान सुरु गरियो । कार्यक्रममा  ट्राफिक प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ गछिया जेसिजका अध्यक्ष मदन दाहाल गछिया जेसिजका पुर्व अध्यक्ष नेत्र प्रसाद दुलाल कार्यकारी उपाध्यक्ष पप्पु साह कानुनी सल्लाहकार प्रदिप विष्ट,उपाध्यक्ष संयोग ढकाल लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।