इटहरी । सर्पले टोकेका विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन सामुदायिक सर्पदंश उपाचार केन्द्र इटहरीले जनचेतना मुलक अभियान सञ्चालन गर्ने भएको छ ।
गर्मीयाममा सर्पको बिगबिगी हुने र सर्पले टोकेका विरामीको संख्या समेत बढी हुने तथा यदाकदा घरेलु उपचार, झारफुक गर्ने कार्यले मानिसहरुको मृत्यु भई रहेको तर्फ मध्यनजर गर्दै जनचेतना अभियान सञ्चालन गर्न लागिएको हो ।
गर्मीको समयमा र वर्षायाममा पानी जमिनको सतहमा जम्न थालेपछि सर्पहरु वाहिर आउने र मानिसहरुलाई टोक्ने क्रमपनि बढी हुने गरेको तर्फ सर्पदंशका विरामीको उपचारका लागि पुर्व तयारी अवस्थामा सामुदायिक सर्पदंश उपचार केन्द्र तयारी अवस्थामा रहेको केन्द्रका अध्यक्ष दिवस पोखरेलले वताए । उनले सैनिक नागरिक सम्वन्ध अन्र्तगत नेपाली सेनाको २ नम्बर वाहिनीको प्राविधिक सहयोगमा सञ्चालन भई रहेको सामुदायिक उपचार केन्द्रमा विगत पाँच वर्ष देखि उपचारका लागि आएका सर्पदंशका विरामी निको भएर फर्किएको अध्यक्ष पोखरेले जानकारी दिए । सर्पले टोकेका विरामीहरुलाई घरेलु उपचार गर्ने तथा झारफुक गराउने कार्यले पनि कतिपयको विरामीको मृत्यु भई रहेको तर्फ मध्यनजर गर्दै प्रदेश नम्बर १ लाई नै प्राथमिकतामा राखेर सर्पले टोकेका विरामीलाई सर्पदंश उपाचार केन्द्रमा लैजानु पर्ने विषयमा जनचेतना अभियान सञ्चालन गर्न लागिएको समेत अध्यक्ष पोखरेलले जानकारी दिए ।
सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीमा उपचारका लागि आउने सर्पदंशका विरामी तथा विरामीमा आफन्तहरुले सेवा राम्रो पाएको वताउछन ।
नेपाली सेनाको सहयोगमा २०६९साल देखि सामुदायिक स्तरमा सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रले हाल सम्म ११हजार बढी सर्पदंशका विरामीहरुलाई उपचार सेवा प्रदान गरिसकेको छ । सामुदायिक सर्पदंश केन्द्र इटहरीमा सुनसरी ,मोरगं ,उपयपुर लगायत पुर्वी नेपालका विभिन्न जिल्लाहरुबाट साथै छिमेकी मुलुक भारतबाट समेत सर्पदंशका विरामीहरु उपचारका लागि आउने गरेका छन ।




















