मोरङ । मोरङको सुन्दरहरैचामा रहेको साजिलाल माध्यमिक विद्यालयले ५६औं वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ  ।

    विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गिता शर्मा घिमीरेको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमको प्रमुख आतिथ्यमा वार्षिक उत्सव समापन कार्यक्रम सम्पन्न भएको हो ।IMG_1125

    वि.सं.२०२२सालमा स्थापना भएको विद्यालयमा हाल  २हजार ८सय २४ जना विद्यार्थी बाल कक्षा देखि १२ सम्म अध्ययनरत रहेको विद्यालयका प्रद्यानाध्यापक कल्याण प्रसाद सिटौलाले जानकारी दिए । IMG_1119दुलारी ब्लक र गछिया ब्लक गरी दुई स्थानमा छुट्टाछुट्टै अध्ययन अध्यापन हुदै आएको छ । अंग्रेजी माध्यमबाट समेत पठनपाठन हुने विद्यालयमा सिभिल इन्जिनियरिङ कोष समेत रहेको पनि प्रअ सिटौलाले वताए ।

 वार्षिक उत्सव कार्यक्रम अन्तर्गत चार कोठे विद्यालय भवन उद्धघाटन ,अक्षयकोष छात्रावृत्ति वितरण , खेलकुद प्रतियोगिताका विजयी खेलाडिहरुलाई पुरस्कार वितरण , विद्यालयको जग्गादाता साजिलाल चौधरीको सालिकमा माल्यापर्ण , अवकास प्राप्त गर्न लागेका प्रद्यानाध्यापक सिटौलालाई विद्यालयको तर्फबाट सम्मान गरिएयो । IMG_1133समापन कार्यक्रममा विद्यार्थीले सास्कृति प्रस्तुति समेत रहेको थियो ।

त्यसै गरी विद्यार्थीले वनाएका नमुना सहर प्रर्दशनमा राखिएको थियो । कार्यक्रममा नयाँ वृन्दावन गौशालाका संरक्षक दिनवन्धु शास्त्री , शिक्षा विकास तथा समन्वय सुन्दरहरैचा नगर इकाईका रामप्रसाद ढुंगेल लगायतका अतिथीहरुको सहयागिता रहेको थियो ।