उर्लाबारी । पुर्वीउत्तर मोरङको ६ वटा स्थानियतहका नागरीकहरुलाई प्रशाशनिक सेवा दिदै आएको इलाका प्रशासन कार्यालय मोरङ उर्लाबारीले वेबसाइटमा नक्कली नम्वर राखेर सेवाग्राहीलाई मानसिक तापमा पारेको छ ।

कार्यालयमा प्रशासनिक सेवा लिनका लागि मोरङका उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ र बेलबारी नगरपालिका सहित, मिक्लाजुङ र कानेपोखरी गाउपालिकाका गरी ६ वटा स्थानियतहका नागरिक दैनिक जसो सेवा लिन आउने गर्दछन् । 

तर सोही कार्यालयको आधिकारकी वेबसाइटमा समर्पकका लागि राखिएको नेपाल टेलिकमको (९८५२०४२५५७) मोवाइल नम्वरमा फोन गर्दा नम्वर रजिष्टर नगरिएको भन्ने गँुजाइसले सेवाग्राही अलमल्लमा पर्ने गरेका छन् ।

कार्यालयका प्रमुख तुलसीराम पौडेलको नम्वर (९८५२०४२५५६) सग मिल्दोजुल्दो मोवाइल नम्वर सेवाग्राहीको सहजतालागि वेबसाइटमा राखिएको भतापनि सो नम्वरमा फोन लाग्ने गरेको छैन । 

हुनत कार्यालय प्रमुखको र वेबसाईटमा राखिएको नम्वर मिल्दोजुल्दो भएतापनि सेवाग्राहीको सेवाका लागि उपलव्ध नम्वरमा फोन गर्दा नलाग्ने र ल्याण्डलाईन फोन कार्यालय समयमा पनि नउठ्ने भएका कारण सेवाग्राहीहरु मर्कामा पर्ने गरेको गुनासो आउने गरेको छ ।