इटहरी । मानसिक रोगी तथा सडक क्षेत्रबाट उद्धार गरि ल्याएकाहरुलाई संरक्षण गर्दै आएको माया घर नेपालमा आश्रितहरुको संरक्षणका लागि अक्षयकोष स्थापनार्थ आयोजित महायज्ञमा दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।
गत २१ गते देखि सञ्चालन भई रहेको ऐतिहासिक श्रीमद् भागवत तथा जीवनदर्शन कथा सत्सङ्गमा कथा श्रवण गर्न तथा सहयोगी दाताहरु आउने क्रम जारी रहेको हो ।
माया घरका लागि सहयोग गर्ने दाताहरुले महायज्ञ सञ्चालन भई रहेको ठाउँमा आफै उपस्थित भएर तथा वैक खातामा जम्मा गरेर समेत सहयोग गर्न क्रम जारी रहेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले वताइन । महायज्ञको पाँचौ दिन सम्म २१लाख वढी नगद संकलन भएको तथा भवन निर्माण गरिदिने लगायतका वचनहरु समेत विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट आएको समेत उनले जानकारी दिइन ।
महायज्ञमा सहभागी हुन पशुपति नाथ मन्दिरका मुल भट गणेश भट नयाँ वृन्दावन गौशाला मोरङ्गका संरक्षक दिनवन्धु शास्त्री भारतका विभिन्न ठाउँबाट धार्मिक गुरुहरु पनि आउने क्रम जारी रहेको जनाइएको छ ।
त्यसै गरी पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार , पुर्व मन्त्री रामकुमार सुब्बा , पुर्व राज्य मन्त्री सिताराम मेहता लगायतका राजनैतिक दलका नेताहरुका साथै कलाकारहरु मनोज गजुरेल , दिपा श्री निरौला , गंगा गौतम आचार्य लगायतका आइसकेको छन । महायज्ञ शनिवार समापन हुने छ ।




















