मोरङ । मोरगंको गछियामा रहेको साजिलाल माध्यमिक विद्यालयको ५६औं वार्षिक उत्सवको अवसरमा गछिया ब्लकमा विद्यालय भवनको उद्धघाटन गरियो ।
कक्षा ८ सम्मको अध्ययन अध्यापन हुदै आएको गछिया ब्लकमा निर्मित चार कोठे नयाँ भवनको कार्यक्रमकी प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धना तामाङ्गले एक कार्यक्रमका विच उद्धघाटन गरेकी हुन ।
विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस अक्षयकोष छात्रावृत्ति वितरण तथा भवन उद्धघाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गिता शर्मा घिमीरेको अध्यक्षता तथा उपप्रमुख तामाङ्गको प्रमुख आतिथ्यतामा भएको हो ।
सो कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक कल्याण प्रसाद सिटौलाले विद्यालयका शैक्षिक सुधार तथा भौतिकपुर्वाधार लगायतका विषयमा जानकारी गराएका थिए ।
वार्षिक उत्सवका अवसरमा आयोजित औपचारिक कार्यक्रममा छात्रावृत्ति वितरण गरिएको थियो भने विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६का वडाध्यक्ष जिवन राई वडा नम्बर ७का वडाध्यक्ष चैतन्य सिटौला सहित जनप्रतिनिधी तथा विभिन्न राजनैतिक दलका प्रतिनिधी संघसंस्थाका प्रतिनिधी,अभिभावक , विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।




















