उर्लाबारी । पुर्वीउत्तर मोरङको उर्लाबारी नगरपालिका सहित मोरङका ६ वटा स्थानियतहका नागरीकहरुलाई प्रशाशनिक सेवा दिदै आएको इलाका प्रशासन कार्यालय मोरङ उर्लाबारीको नवनिर्मित भवनका निर्माणकालागि ठेक्का आव्हान भएको छ ।

उर्लाबारी नगरपालिका वडा नम्बर-३ मगलबारेमा चौक क्षेत्रमा सागुरो ठाउँमा रहेर सेवा दिदै आएको प्रशासन कार्यालयको नयाँ सुविधा सम्पन्न् संरचना पुरानो मंगलबारेमा बन्ने भएको हो ।

इलाका प्रशासन कार्यालयका प्रमुख तुलसीराम पौडेलले भवनको निर्माणका लागि हाल पहिलो किस्ता स्वरुप ७ करोड ४ लाख ७० रुपैयाको ठेक्का आव्हान भएको र यसै आर्थिक वर्षदेखी निर्माण कार्यथालनी गरीने उनले बताए  

नयाँ संरचना निर्माणका लागि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको पहलमा केन्द्रिय सरकारले ९ करोड ३५ लाख रुपैया बजेट विनियोजन गरेपछि सो कार्यालयलाई साँगुरो ठाउँबाट प्रयोगविहिन रहेको उर्लाबारी-२ को पुरानो बजारमा सार्न लागिएको र ठेक्का प्रक्रियामा गएको हुनाले असार अगावै निर्माण कार्य थालनी गरीने मेयर फागोले बताए ।

मेयर फागोका अनुसार-मोरङका ६ वटा स्थानियतहका नागरिकहरुलाई सेवा दिदै आएको कार्यलय अपर्याप्त पार्कीङ, जग्गा आभाब र राजमार्ग सगै जोडिएको सागुरो ठाउँबाट संचालन हुदा सो क्षेत्रमा बढीभिडभाड हुने र दुर्घटनाको जोखिम उच्च थियो, अव कार्यालय पुरानो बजारमा बन्ने निश्चित भएपछि त्यहाँको भिडभाड कम हुने र चौकदेखी बजार सम्मनै बजारीकरण विस्तार हुने फागोको भनाई छ ।

साथै नवनिर्मित कार्यदेखी केही दुरीमा रहेको उर्लाबारीकै पर्यटकीय क्षेत्र बेतीनी सिमसार क्षेत्रमा पनि अन्तरिक र बाह्य आगन्तुगको समेत चहलपहल बढन्े मेयर फागोले बताए ।

भवन निर्माण र संचालनका लागि नगरपालिकाको सहयोगमा ६ कठ्ठा जामिन यस अघिनै छुट्याइ सकेको भएतापनि भवन निर्माणका लागि बजेट विनियोजन नहुदा निर्माण कार्य अगाडी बढ्न सकेको थिएन् तर हालै बजेटको सुनिश्चितता भएका कारण छिट्टैनै सो स्थानमा भवन निर्माणकार्य थालनी गरिने उर्लाबारी नगरपालिकाले जनाएको छ ।

यता विगत लामो समय देखी प्रयोग विहिन बनेकोे सो क्षेत्रमा प्रशासन कार्यालय निर्माण हुने भएपछि जमिनको उपयोग हुनुका साथै मगलबारे बजार क्षेत्र पनि बिस्तार हुने र उर्लाबारीको बिकास र समृद्धिमा टेवा पुग्ने सो वडाका वडाध्यक्ष राजन कुमार कँडेलको भनाई छ । 

जनतालाई छिटोछरितो सेवा प्रदान गर्न र समग्र उर्लाबारीको बिकास र समृद्धिलाई टेवा पुर्‍याउने सेवा क्षेत्रको स्थानान्तरणमा नगरपालिकाले चालेको कदम तारिफ योग्य रहेको स्थानियहरुले बताए । 

कार्यालयले मोरङका उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ र बेलबारी नगरपालिका सहित, मिक्लाजुङ र कानेपोखरी गाउपालिकाका गरी ६ वटा स्थानियतहका नागरिकलायई प्रशासनिक सेवा दिदै आएको छ ।